७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

यूएईबाट उद्धार गरिएका १६८ जना नेपाली काठमाडाैँ आइपुगे

२३ जेठ, काठमाडाैँ । यूएईबाट उद्धार गरिएका १६८ जना नेपाली कामदार शुक्रबार साँझ नेपाल आइपुगेका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत १६८ नेपाली नेपाल फर्केका हुन् । त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले विमान ५ः३८ ल्याण्ड गरेको जानकारी दिनुभयो ।

यसअघि अन्तिम समयमा भाडाको विषयमा कुरा उठेपछि जहाजको उडान बिहान स्थगित भएको थियो । साे विमानमा एक शव पनि रहेकाे विमानस्थलका अधिकारीहरूले बताएका छन् ।  युएइबाट नेपाल भित्रने नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरी नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो । यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार नेपाली स्वदेश फिरेका हुन् ।

प्रकाशित मिति : June 5, 2020 at 6:43 pm