७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काठमाडाैँकाे ह्याम्स अस्पतालमा उपचाररत २ जना बिरामीमा कोरोना संक्रमण पुष्टि

२३ जेठ, काठमाडौँ । काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत २ जना बिरामीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएकाे छ ।


मन्त्रालयका अनुसार ह्याम्स अस्पतालमा उपचाररत गुल्मीका ६० वर्षिय पुरूष र पोखराका ७६ वर्षिय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । पछिल्लो २४ घण्टामा देशभर २७८ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल संक्रमितको संख्या २९१२ पुगेको छ । जसमध्ये ३३३ जना निकाे भएर घर फर्किएका छन् भने ११ जनाकाे मृत्यु भएकाे छ ।

प्रकाशित मिति : June 5, 2020 at 6:17 pm