७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

एकैदिन २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २९१२ पुग्याे

२३ जेठ, काठमाडौँ । शुक्रबार एकैदिन २७८ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शुक्रबार थप २७८ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९१२ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा ४३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको छ । जसमध्ये अहिलेसम्म ११ जनाको मृत्यु  भएकाे छ । कुल ६८ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबारसम्म देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन्। पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ। तीमध्ये धेरै क्वारेन्टिनमा बसेकाहरू छन्।

प्रकाशित मिति : June 5, 2020 at 4:28 pm