७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काठमाडौँ महानगपालिकाद्धारा जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा

२३ जेठ, काठमाडौँ । काठमाडौँ महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ । काठमाडौँ महानगपालिकाले बिहीबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरी एक हजार ९८२ जनाको बीमा गराएको जनाएको छ । सम्झौतामा काठमाडौँ महानगपालिकाको तर्फबाट प्रशासन विभागका प्रमुख नमराज ढकाल र लिमिटेडका तर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गर्नुभएको जनाइएको छ ।

कारोना भाइरस ९कोभड–१९० को प्रतिकूल समयमा पनि सेवाग्राहीका बीचमा बसेर काम गर्ने कर्मचारीको मनोबल उच्च बनाउन बीमा गरिएको हो कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो । सम्झौताबमोजिम आगामी वर्ष ९२०७८० जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पिसिआर ९पोलिमेयर चेन रियाक्सन० रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा रु एक लाख प्राप्त हुनेछ ।

प्रतिव्यक्ति रु ६०० शुल्क तिरेर एक वर्षका लागि बीमा गरिएको हो । हाल कामपामा १६० जनप्रतिनिधि, ३० जना सामाजिक परिचालक हुनुहुन्छ । यसैगरी स्थायी, अस्थायी, करार र सञ्चार क्षेत्रमा काम गर्ने गरी एक हजार ७९२ जना जनशक्ति कार्यरत रहनुभएको छ ।

प्रकाशित मिति : June 5, 2020 at 2:42 pm