२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

आज राति सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्दै, कुन राशीलाइ कस्ताे असर

२३ जेठ, काठमाडाैँ । आज राति सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्दैछ, जुन विसं २०७७ सालको पहिलो पनि हो। गत १० जनवरीमा सन् २०२० को पहिलो चन्द्रग्रहण लागेको थियो। नेपाली समयअनुसार राति ११ बजेर ३० मिनेटमा शुरु हुने चन्द्रग्रहण भोलि बिहान दुई बजेर ४९ मिनटमा समाप्त हुनेछ। राति एक बजेर नौ मिनटमा चन्द्रग्रहणको सबैभन्दा बढी प्रभाव रहने छ।

एशिया, युरोप, अस्ट्रेलिया र अफ्रिकामा यो चन्द्रग्रहण देख्‍न सकिनेछ। वैज्ञानिकहरूका अनुसार यो पिनम्ब्रल अथवा उपछाया ग्रहण हो। त्यो भनेको पृथ्वीको छायाको बाहिरको हिस्सा चन्द्रमामा पर्नु हो, जसको छायाँ फिका हुने गर्छ।

चन्द्र ग्रहणको असर र फल कस्तो हुनेछः

शुभ फल : कुम्भ, तुला, मीन, कर्कट

मध्यम फल : मेष, कन्या, मिथुन, सिंह

अशुभ फल : मकर, वृषिक, वृष, धनु

प्रकाशित मिति : June 5, 2020 at 8:25 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/