७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि

२३ जेठ, काठमाडाैँ । भारतको मुम्बईबाट आएर १४ दिन क्‍वारेन्टाइनमा बसेर घर फर्किएलगत्तै बिहिबार बिहान मृत्यु भएका सुर्खेतको पन्चपुरी नगरपालिका १ का २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको थ्रोट स्वाब परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरबहादुर खड्काले जानकारी दिए।

मृत्युलगत्तै प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मीहरूको टोलीले नमूना संकलन गरेर परीक्षण गर्दा काेराेना पाेजेटिभ देखिएकाे डाक्टर खड्काले जानकारी दिए । क्‍वारेन्टाइनमा १४ दिन बसेर दुईपटक आरडीटी परीक्षण रिपोर्ट नेगेटिभ देखिएकाे र उनमा काेराेनाकाे कुनै लक्षण नदेखिएकाले २१ जेठमा घर पठाइएको थियो। घर गएकै दिन राति एक्कासी स्वास्थ्यमा समस्या आएको र लगत्तै युवकको मृत्यु भएको थियाे ।

प्रकाशित मिति : June 5, 2020 at 7:06 am