७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

दैलेखमा एकैदिन १०५ जनामा कोरोना संक्रमण पुष्टि

२२ जेठ, काठमाडाैँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।


संक्रमितमध्ये दैलेखका मात्रै १०५ जना रहेका छन् यस्तै मुगुका १ जना रहेका छन् । संक्रमितहरु १०१ जना पुरुष र ५ जना महिला रहेका छन् । हालसम्म कर्णालीमा ३८४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रकाशित मिति : June 4, 2020 at 3:30 pm