७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

रौतहटमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३८३ पुग्याे

२२ जेठ, काठमाडाैँ। रौतहटमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

उनका अनुसार संक्रमितहरूमा इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर नगरपालिकाका १ , माधवनरायण नगरपालिकाका १, फतुवा विजयपुर नगरपालिकाका १ जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी  ६५ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । याेसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ ।

प्रकाशित मिति : June 4, 2020 at 2:49 pm