७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

इञ्जीनियरलाई अनुमति परीक्षा लिने व्यवस्था गर्न माग

२२ जेठ, काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा इञ्जीनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ बारे सरोकार भएका निकायसँगको छलफल शुरु भएको छ । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकलाई समृद्ध र प्रभावकारी बनाउन सरोकार भएका निकायसँग छलफल थालेको बताउनुभयो ।

सरोकार भएका निकाय र विज्ञसँगको वृहत छलफलपछि परिमार्जित गरी विधेयक पारित गरिने उहाँले बताउनुभयो । समितिले नेपाल इञ्जीनियर्स एशोसिएसनसँग बुधबार छलफल गरेको हो । एशोसिएसनका अध्यक्ष त्रिरत्न मानन्धरले इञ्जीनियरलाई अनुमति (लाइसेन्स) परीक्षा लिनुपर्ने व्यवस्था हुनैपर्नेमा जोड दिनुभयो ।

एशोसिएसनका उपमहासचिव कपिल आचार्यले इञ्जीनियरसँगै सवइञ्जीनियर र परामर्श दातालाई पनि अनुमति (लाइसेन्स) परीक्षाको व्यवस्था गरिनुपर्ने माग राख्नुभयो । बैठकमा बोल्नुभएका समितिका सदस्य सांसदले पनि इञ्जीनियरलाई लाइसेन्स परीक्षा लिने व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति : June 4, 2020 at 1:13 pm