काठमाडाैँमै एक मिडियाकर्मी महिलामा कोरोना संक्रमण पुष्टि
२१ जेठ, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा कार्यरत एक मिडियाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाैँका संक्रमित भनेर बुधबार पुष्टी गरेको तीन जना मध्ये एक जना मिडियाकर्मी रहेको खुलेको छ । संक्रमण पुष्टि भएपछि उक्त मिडियाकर्मी महिलालाइ अस्पताल लगिएको छ ।

उनको सम्पर्कमा रहेकाहरूको कन्ट्राक्ट ट्र्रेसिङको काम भैरहेको छ । संक्रमित मिडियाकर्मी महिलाको स्थायी घर भने धादिङ रहेको बुझिएको छ । उनी केही साता अघिमात्र धादिङबाट काठमाडौँ आएको बुझिएको छ ।
प्रकाशित मिति : June 3, 2020 at 8:13 pm





