चन्द समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाल काठमाडौँबाट पक्राउ
२१ जेठ, काठमाडाैँ । नेत्रविक्रम चन्द समूहको अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई आज प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले काठमाडौँको माइतीघरबाट ढकाललाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनलाई अहिले टेकुस्थित हिरासतमा राखिएको छ ।

सरकारले गत २०७५ साल फागुनमा नै चन्द समूह आपराधिक क्रियाकलापमा संलग्न भएको भन्दै उसका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । ढकाल माइतीघरमा आयोजित एउटा विरोध कार्यक्रममा सहभागी हुन् आएको बताइए पनि प्रहरीले किन आएको भनेर खुलाएको छैन । उनको विषयमा अनुसन्धान भइरहेको ज्ञवालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : June 3, 2020 at 7:12 pm





