७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ

२१ जेठ, काठमाडाैँ । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) तेतृत्वको नेकपाकी पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छिन्। केहीदिन अघि जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई पक्राउ गरेको थियो। उनिविरुद्ध गोरखामा सार्वजनिक शान्ति विरुद्धको मुद्दा दर्ता भएकाले गोरखा पठाइएको थियो।

कैलालीबाट गोरखा ल्याएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई जिल्ला अदालतमा उपस्थित गराएको छ। गोरखाका एसपी ओमप्रसाद अधिकारीका अनुसार उनलाई कैलालीबाट आज ल्याइएको र आजै आवश्यक कानूनी प्रक्रियाका लागि जिल्ला अदालत गोरखा उपस्थित गराइएको ले बताए।

प्रकाशित मिति : June 3, 2020 at 3:36 pm