६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

रुखमा बाँधेर आफ्नै १३ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

२१ जेठ, काठमाडाैँ । रुखमा बाँधेर आफ्नै १३ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । कैलालीकाे चुरे गाउँपालिका ५ की १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको हो। जंगलमा हातखुट्टा बाँधेर छोरीलाई बलात्कार गरेर भागिरहेको अवस्थामा उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

छोरीलाई घरमा पटक-पटक बलात्कार गर्दै आएका उनले जंगलमा रुखमा हातखुट्टा बाँधेरसमेत बलात्कार गरेको उजुरी पीडित बालिकाले दिएको प्रहरीले जनाएको छ। उनले छोरीलाई अरुलाई भनेमा ज्यान मार्ने धम्की समेत दिँदै आएको खुलेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : June 3, 2020 at 3:15 pm