काठमाडौँ मेडिकल कलेजका थप एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि
२१ जेठ, काठमाडौँ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका थप एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २ जना स्वास्थ्यकर्मी र दुई जना बिरामीमा कोरोना संक्रमण भएको थियाे । मेडिकल कलेज प्रमुख डा. चन्दा कार्कीले बुधबार थप एक चिकित्सकमा संक्रमण पुष्टि भएको जानकारी दिइन् ।

प्रमुख कार्कीका अनुसार हाल अस्पताल निर्मलीकरणका लागि आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र उपचाररत बिरामी गरी एक सय ८० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको उनले बताइन् ।
प्रकाशित मिति : June 3, 2020 at 3:12 pm





