२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

३८ क्वीन्टल सुनकाण्डमा पूर्व डीआईजीसहित २८ अभियुक्त जेल चलान

८ जेठ, मोरङ । जिल्ला अदालत मोरङले हत्या तथा सुन काण्डमा संगठित अपराध गरेका नेपाल प्रहरीका पूर्व डिआइजीसहित २८ जनालाई जेल चलान गरेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलाशले २८ जनालाई पुर्पक्षको लागि जेल जलान गरिएको छ ।

यसरी जेल चलान हुनेमा टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भन्ने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, आरके भन्ने राजेन्द्रकुमार शाक्य, चाचाजी भन्ने महावीर प्रसाद गोल्यान अग्रवाल, बालकृष्ण सञ्जेल, गोपालकुमार श्रेष्ठ, चन्दन भन्ने वीरेन्द्र मान श्रेष्ठ, तक्ने भन्ने पुण्यप्रसाद तामाङ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एलबी भन्ने लालबहादुर मगर, सम्बीर प्रसाद तोलाङ्गे, राज महर्जन, राजन थापा, तोलाराम थारु, अमरमान डंगोल, गोविन्दप्रसाद निरौला, विकासराज खनाल, सञ्जयबहादुर राउत, दिवेश लोहनी, प्रजित केसी रहेका छन ।

यस्तै दुई जनालई भने छाडिएको छ । दुई जनामध्ये एक जनालाई साधारण तारेखमा र एकजनालाई १५ हजार धरौटी माग गरी छाडिएको छ । निलम्बित एसएसपी श्याम खत्रीका ड्राइभर विष्णुबहादुर खडकालाई १५ हजार धरौटी र खत्रीकै अंगरक्षक हवल्दार अम्मरबहादुर थापा मगरलाई साधारण तारेखमा छाड्ने आदेश भएको छ ।

प्रकाशित मिति : May 22, 2018 at 7:07 pm