नुवाकोटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, एम्बुलेन्समा राखेर जिल्ला अस्पताल लगिदैँ
२० जेठ, नुवाकोट । नुवाकोटमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नुवाकोटको मेगङ गाउँपालिकामा क्वारेन्टीनमा बसेका दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू भारतबाट आएर क्वारेन्टीनमा बसेका थिए । अहिले उनीहरूलाइ एम्बुलेन्स पठाएर अस्पताल ल्याउने तयारी गरिएको त्रिशुली अस्पताल स्रोतले जनाएको छ ।

उनीहरू केही दिनअघिमात्र भारतबाट अाएका थिए । उनीहरूको स्वाब संकलन गरेर केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा नमुना परीक्षणमा कोरोना पोजेटिभ पाइएको हो । केहीदिनअघि नुवाकोटकै ककनीका एक जना संक्रमति निको भएर फर्किएका छन ।
प्रकाशित मिति : June 2, 2020 at 3:55 pm





