७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रदेश २ मा एकैदिन १२० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ८१५ पुग्याे

२० जेठ, काठमाडाैँ । प्रदेश २ मा मंगलबार एकैदिनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । प्रदेश २ काे स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत डाक्टर विजय झाका अनुसार धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट र बारामा गरी थप १२० जनामा कोरोना संक्रमणको पुष्टि भएको  हाे ।

झाका अनुसार रौतहटमा मात्रै ७४ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो समय प्रदेश २ मा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएको छ। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८१५ पुगेको छ।

 

प्रकाशित मिति : June 2, 2020 at 3:01 pm