बैतडीको क्वारेन्टिनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु
२० जेठ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको सोमबार साँझ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टिनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको हो । उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् ।

उनि भारतको पञ्जावबाट मुटुरोगको उपचार गराएर जेठ १६ गते गौरीफन्टा नाका हुँदै बैतडी पुगेकी थिइन् । जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनस्थलतर्फ पठाइएको छ । उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने उनले बताए ।
प्रकाशित मिति : June 2, 2020 at 12:43 pm





