७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

१३ जिल्लाका सीडीओको सरुवा, को कहाँ ? (सूचिसहित)

१९ जेठ, काठमाडौँ । गृह मन्त्रालयले ४४ जना सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गरेको छ । गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको हाे । आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार पदस्थापनमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको हाे ।

सुर्खेतका सिडिओ रमेश न्यौपानेको पाल्पा, पाल्पाका यादव सुवेदीको गृह मन्त्रालयमा सरुवा भएको छ । महोत्तरीमा कृष्णबहादुर कटवाललाई पठाइएको छ । गृहका हिरालाल रेग्मीलाई सुर्खेत, चन्द्र गैरेलाई कालिकोट, भीम भट्टराईलाई डोटी, बर्दियामा लीलाधर अधिकारी, दार्चुलामा शरद पोखरेल, ओखलढुंगामा कृष्ण पौडेल, संखुवासभामा जीवन आचार्य, रोल्पामा नरेन्द्र राना, हुम्लामा चिरञ्जीवी गिरी, बझाङमा कमलराज भण्डारीको सरुवा भएको छ ।

प्रकाशित मिति : June 1, 2020 at 3:25 pm