बाजुराकी २ वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि
१८ जेठ, काठमाडाैँ । बाजुराकी २ वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ। ‘बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। उनका बुवाको भने रिपोर्ट नेगेटिभ आएको छ । आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु भएको थियो।

उनको १६ गते नै स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो। ती बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन्। झाडापखला, उच्च ज्वरो, श्वासप्रश्वासम्बन्धी समस्या देखिएकी बालिका अचेत भएपछि अस्पताल ल्याइएको थियो। तर आज बिहान उपचारकै क्रममा उनको मृत्यु भयो।’ योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। यीमध्ये ७ जनामा मृत्युपछिमात्र कोरोना पुष्टि भएको हो।
प्रकाशित मिति : May 31, 2020 at 2:21 pm





