२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं, म पनि बाबुराम भट्टराई ‘कामी’ लेख्छु’

१८ जेठ , काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा रहेको कथित जातीय छुवाछुतको अन्त्य गर्न सबैजनाले एकै थर लेख्‍नुपर्ने प्रस्ताव गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

दलित समुदायलाई हेपेर, अपमान गरेर देश अघि नबढ्ने उनले बताए। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ?’, उनले सोधे, ‘बरु यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं। म पनि बरु बाबुराम भट्टराई ‘कामी’ भनेर लेख्‍न तयार छु। सबैले थर एकै लेखौं।’

उनले रुकुममा जातीय विभेदका नाममा गरिएको ५ युवकको हत्यालाई प्रतिक्रान्तिको संज्ञा दिए। ‘क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ?’, उनले सोधे, ‘हामीले यी बेथितिलाई हटाउनैपर्छ। एउटै झट्कामा किन भत्काउन सक्दैनौं तर सबैले साझा प्रयास गरौं।’

प्रकाशित मिति : May 31, 2020 at 1:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/