२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली दैलेख प्रस्थान गर्दै

१८ जेठ, सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहानै दैलेख प्रस्थान गरेको छ । प्रतिष्ठानले चिकित्सकद्वय डा दिनेश शाही र डा रोज्निम प्रधान तथा जनस्वास्थ्यविज्ञत्रय प्रेम पन्त, निशान्त लामा र प्रतिमा न्यौपानेसहितको टोलीलाई दैलेख खटाएको हो ।

फाइल फाेटाे

शनिबार दुल्लु नगरपालिका –७ दैलेख पटाङ्गिनी बजारस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ३५ वर्षीय युवकको कोरोनाले मृत्यु भएपछि तत्काल कोरोना भाइरसको जोखिम बढ्न नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारको समन्वयमा पठाइएको चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली करीब एक महिना दैलेख बस्ने जनाइएको छ । रजिष्ट्रार काफ्लेले भन्नुभयो, “टोलीले त्यहाँको अस्पतालको निर्देशनमा समुदायस्तरमा पुगेर उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ ।”

प्रकाशित मिति : May 31, 2020 at 9:19 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/