कोरोना संक्रमणकै कारण दैलेखका ३५ वर्षीय पुरुषको ज्यान गयो, मृतकको संख्या ७ पुग्यो
१७ जेठ, काठमाडौँ । कोरोना संक्रमणकै कारण दैलेखका ३५ वर्षीय पुरुषको ज्यान गएको पुष्टि भएको छ । दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा ३५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको थियो । उनको आरटी पिसिआर रिपोर्ट कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

उक्त युवाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको डा तिवारीले बताए । मृतक पुरूषको घर दैलेखको दुल्लु–११ हो । उनको तीन दिनअघि स्वाब संलकन गरिएको भए पनि शनिबार दिउँसो मात्र परीक्षणको रिपोर्ट आएको हो । मृतक पुरूष १० दिनअघि भारतबाट फर्किएका थिए ।
प्रकाशित मिति : May 30, 2020 at 7:17 pm





