भारतबाट फर्किनेहरुको संख्या बढेसँगै देशभर झण्डै १ लाख जना क्वारेन्टिनमा
१६ जेठ, काठमाडौँ । क्वारेन्टिनमा रहनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । शुक्रबारसम्म एक लाख नजिक क्वारेन्टाइनमा बस्नेहरुको संख्या छ । अहिलेसम्म देशभरीका विभिन्न क्वारेन्टिनमा ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । अहिले विभिन्न अस्पतालमा १ हजार जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश ५ मा ३२ हजार ३ सय सुदूरपश्चिम प्रदेशमा ७३ जना, २५ हजार ७ सय ६५ जना, कर्णाली प्रदेशमा १७ हजार ५ जना क्वारेन्टिनमा छन् ।

त्यस्तै प्रदेश २ मा १६ हजार ६ सय ७८, प्रदेश १ मा २७ सय ४७, बागमती प्रदेशमा १९ सय ५४ र गण्डकी प्रदेशमा २८ सय १४ क्वारेन्टिनमा रहेका छन् । पछिल्लो समय भारतबाट फर्किनेहरुको संख्या बढेसँगै देशभर क्वारेन्टिनमा बस्नेहरुको संख्या बढेको हो । त्यस्तै देशभरका अस्पतालको आइसोलेसनमा उपचार गर्नेको संख्या पनि बढ्दै गएको छ । हाल एक हजार जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
प्रदेश १ मा १२३, प्रदेश २ मा ३८७, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा १८, प्रदेश ५ मा ३ सय ८३, कर्णालीमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा रहेका छन् । जसमध्य २ सय ६ जना निकाे भएर घर फर्किएका छन् ।
प्रकाशित मिति : May 29, 2020 at 5:32 pm





