७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सप्तरीमा अस्पतालको श्यया भरियो, सङ्क्रमितलाई क्वारेन्टिनमै राखिँदै

१६ जेठ, सप्तरी । सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ । सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि श्ययाको अभावमा सङ्क्रमितलाई क्वारेन्टिनमा राख्नुपरेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा रहेका २४ श्यया भरिएको छ । सङ्क्रमितको सङ्ख्या ३३ पुगिसकेकाले अन्य व्यवस्था नहुँदासम्म उहाँहरुलाई बसिरहेकै क्वारेन्टिनमा अलग्गै राख्न लगाइएको उहाँले बताउनुभयो ।

फाइल फाेटाे

क्वारेन्टिनमा राखिएका सङ्क्रमितको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । मन्त्रालयले बिहीबार नयाँ सार्वजनिक गरेको सप्तरीको १४ जनामा बोदे बर्साइनका १२ जना तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक/एकजना थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको परीक्षणअनुसार राजविराज–१० का नयाँ चारजना पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रतिष्ठानले जानकारी दिएको यहाँका चार, मन्त्रालयले पुष्टि गरेका बोदे बर्साइनका तीन, खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक/एकजनालाई गएराति यहाँस्थित आइसोलेशनमा ल्याइएको छ ।

यसअघि आइसोलेशनमा डाकनेश्वरीका तीन, बलान बिहुलका तीन, सुरुङ्गाका एक र बोदे बर्साइनका आठ गरी १५ जना रहेका छन् ।आइसोलेशन वार्डका २४ श्यया नै भरिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार कोरोना सङ्क्रमण पुष्टि गरेका १४ जनामध्ये बोदे बर्साइनका नौजना क्वारेन्टिनमै रहेका छन् । आइसोलेनशमा राख्नका लागि अस्पतालमा श्यया खाली नभएका कारण क्वारेन्टिनमै अलग्गै राखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दासले बताउनुभयो ।

प्रकाशित मिति : May 29, 2020 at 4:44 pm