१५ जेष्ठ २०८१, मंगलवार | Tue May 28 2024

बाँकेको राप्ती सोनारी गाउँपालिका अध्यक्षलाई कोराना संक्रमण


१६ जेठ, काठमाडौँ। बाँकेको राप्ती सोनारी गाउँपालिका ८ का अध्यक्षलाई कोराना संक्रमण पुष्टि भएको छ। रुपडिहा नाकाबाट केही दिन मानिसहरुलाई उद्दार गर्ने काम गर्दै आएका वडाध्यक्षलाई संक्रमण पुष्टि भएको गाउँपालिकाका एक अधिकारीले जानकारी दिए।

 

वडाध्यक्षले सीमानाकामा रहेका आफ्नो गाउँपालिकाका मानिसहरुलाई गाडीमा उद्दार गरेर ल्याएका थिए। उनले उद्दार गरेर ल्याएकामध्ये केहीमा काेराेना संक्रमण पुष्टि भएपछि थ्रोट स्वाबको नमूना परीक्षणका लागि दिएका थिए। जेठ १४ गते उनकाे काेराेना रिपोर्ट पोजिटिभ देखिएको हो। संक्रमण पुष्टि भएपछि वडाध्यक्षलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको छ।

वडा अध्यक्षमा काेराेना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका अध्यक्षसहितका पदाधिकारी र कर्मचारीहरू क्वारेन्टाइनमा बसेका छन्। संक्रमित वडाध्यक्षसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको नमूना संकलनको तयारी भइरहेको बताए।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १३:५८