काेराेना संक्रमितलाई आइसोलेसनमा लैजाँदा स्थानीय र प्रहरी बिच झडप, १२ राउण्ड हवाई फायर
१६ जेठ, रौतहट । रौतटहको इशनाथ नगरपालिकामा कोरोना संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा स्थानीय र प्रहरी बिच झडप भएको छ । इशनाथ नगरपालिका ७ जोकाहामा शुक्रबार बिहान स्थानीय र प्रहरीबीच झडप भएको हो। जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि तनाव भएको हो।

तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेका थिए।आक्रोशित स्थानीयले प्रहरीको गाडी पनि तोडफोड समेत गरेका छन् ।
प्रकाशित मिति : May 29, 2020 at 1:17 pm





