१८ पुष २०८१, बिहीबार | Fri Jan 3 2025

स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड विनियोजन

१५ जेठ, काठमाडाैँ । सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत ९० अर्ब ६९ करोड रुपैयाँको बजेट विनियोजन गरिएको बताउनुभएको हो ।

बजेटमा संक्रामक रोग नियन्त्रणका लागि आवश्यक पर्ने अस्पताल, जनशक्ति र पूर्वाधार विस्तारलाई प्रमुख प्राथमिकता दिइएको छ ।बजेटमा औषधि उपचार सामग्री कमी हुन नदिन ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यस्तै स्वास्थ्यकर्मीका लागि ५ लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ ।

यस्तै सरकारले ३ सय शैय्याको सरकारी अस्पताल, सबै प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल, प्रवेश गर्ने नाकामा स्वस्थ्य हेल्प डेस्क, सबै पालिकामा ५ देखि १५ शैय्याका २७२ अस्पताल बनाउन १४ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १७:०६