स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव यादव कोइरालाको सरूवा, स्वास्थ्यमा लक्ष्मण अर्याल
१५ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव यादव कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएको छ । त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा भएका छन । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको संयोजकको रूपमा सात दिन पनि काम गर्न नपाएका अर्याल स्वास्थ्य सचिवको रूपमा सरूवा भएका हुन ।

प्रधानन्त्री निकट मानिने कोइराला यसअघि गृहमन्त्रालय जान चाहेका थिए तर प्रेम राइको गलत भूमिकाका कारण कोइराला स्वास्थ्य मन्त्रालयमा सरूवा भएका थिए । गृह प्रशासनमा सफल मानिएका कोइराला स्वास्थ्य मन्त्रालयमा भने रूखो व्यवहार भएको भन्दै केही आलोचित बनेका थिए । कोइराला र अर्याल दुबैले नयाँ जिम्मेबारी अाइतबाट सम्हाल्नेछन ।
प्रकाशित मिति : May 28, 2020 at 3:23 pm





