रुकुम घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
१४ जेठ, काठमाडाैँ । पश्चिम रुकुम घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघरमा बुधबार पनि प्रदर्शन गरिएको छ । विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरेका छन् । जातिय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्नपनि प्रदर्शनकारीहरुले आग्रह गरेका छन् । ‘हत्यारालाई फाँसी दे, स्टप किलिङ दलित, मानविय समवेदना कता गयो ?, न्याय हराएको देश, देशलाई आन्तरिक युद्धमा नधकेल’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको छानबिन गर्दै प्रदर्शन गरिएको हो । अन्तरजातीय प्रमे सम्बन्धलाई लिएर शनिबार भएको घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनारको शव भेरी नदीमा भेटिएको थियो । अहिले भेरी नपा. ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोविन्द शाही सम्पर्कविहीन रहेका छन् ।
प्रकाशित मिति : May 27, 2020 at 4:07 pm




