७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

दाङमा १५ जनामा कोरोना संक्रमण पुष्टि

१४ जेठ, काठमाडौँ । दाङमा थप १५ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा दाङको घोराही उपमहानगरपालिका वडानम्बर १८ मा २४, २५, ४० र ४२ वर्षका व्यक्तिमा कोरोना देखिएको छ । यस्तै, लमही नगरपालिका वडानम्बर १, २, ४, ५ र ६ नम्बर वडाका नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनीहरु लमहीकै क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति : May 27, 2020 at 3:43 pm