७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

हेटौंडाकी २५ वर्षीया गर्भवती महिलामा कोरोना पुष्टि

१४ जेठ, काठमाडाैँ । हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि चौकीटोलमा उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको छ । जेठ ९ गते चितवनबाट हेटौंडा गएकी उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हाे ।

सांकेतिक तस्विर

उनको आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हाे । उनलाई हेटौंडाबाट चितवनको भरतपुर अस्पताल लगिएको छ । उनी र उनका श्रीमान चितवनमा रोजगारीमा थिए । उनी चितवनबाट हेटौंडा गएपछि कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको थियो ।

प्रकाशित मिति : May 27, 2020 at 11:58 am