७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

गल्छीदेखि मैलुङसम्मको ८ वटा पक्की पुल निर्माणकाे कामले पायाे तीव्रता

१४ जेठ, काठमाडाैँ । गल्छीदेखि मैलुङसम्मको ८ वटा पक्कि पुल निर्माणकाे कामले तिब्रता पाएको छ । कोरोनाका कारण अधिकांश ठाउँमा कामदारको अभावले निर्माणका गतिविधिहरु रोकिएपनि गल्छीदेखि मैलुङसम्मको ८ वटा पक्कि पुल निर्माणकाे कामले भने तिब्रता पाएको हो । स्थानिय १५० कामदारले पुल निर्माणको काम गरीरहेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

धादिङको गल्छीस्थित महेशखोला, नुवाकोटको कोल्पुटार स्थित कोल्पु खोला,रातामाटे स्थित ठुलो खोला, गेर्खुखोला स्थित गेर्खुखोला, रसुवा र नुवाकोटको सिमाना बेत्रावती स्थित फलाखुखोला, नयाँपुल स्थित त्रिशुली नदी, चिप्लेटी स्थित त्रिशुली नदी र रसुवाको मैलुङ स्थित ठाडो खोलामा पक्कि पुल निर्माण भइरहेको छ ।

पुलको स्टिम ढलान, नदी नियन्त्रण, सडक, फुटपाथ रेलिङ निर्माण, खोला स्याल्ब ढलान, जग ढलान र वीन वाल लगाउने काम भइरहेको छ । गल्छी देखि मैलुङसम्मका ११ स्थानमा पुल निर्माण गर्नुपर्ने भएपनि अहिले ८ स्थानमा मात्र पुल निर्माणको भईरहेको छ। सुरक्षित तरीकाले भइरहेको काम आगामी पुष मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने छ ।

प्रकाशित मिति : May 27, 2020 at 8:29 am