७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

गुल्मीकाे धुर्कोट गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण

१३ जेठ, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै पोखरेलले आफूलाई कोरोना संक्रण भएको जानकारी दिएका हुन् । गुल्मीमा सोमबार २ जनामा संक्रमण पुष्टि भएको थियो । पोखरेलका अनुसार अर्का संक्रमित भारतबाट आएर पाञ्चायन माविको क्वारेन्टाइनमा रहेको व्यक्ति हुन् ।

छिमेकी गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि धुर्कोटले केही जनप्रतिनिधि, कर्मचारी, स्वाथ्यकर्मी, चालक र स्थानीय प्रहरीको आरडीटी टेष्ट गरेको थियो । त्यसक्रममा एक पदाधिकारीको पोजेटिभ आयो । लगतै उनी र गाउँपालिका अध्यक्ष पोखरेलको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । त्यसमा पोखरेलको रिपोर्ट पोजेटिभ आएको हाे। आफू गाउँपालिका बाहिर सदरमुकाम तम्घास मात्र गएकोले मेरो धुर्कोट कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएको जनाएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र केही हप्ता एकान्त बास बस्ने उनले बताएका छन् । गाउँपालिका अध्यक्षलाई नै संक्रमण पुष्टि भएपछि गाउँपालिका केन्द्र बर्कोट क्षेत्रदेखि वडानम्बर ४ को भुवानसम्मको क्षेत्रलाई सिल गरिएको छ भने सामाजिक दुरी कायम गरेर पारिवारिक रुपमाकृषि कर्म गर्न अनुमति दिइएको छ ।

प्रकाशित मिति : May 26, 2020 at 4:07 pm