७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सङ्घीय संसद्को लोगोमा राखियो अद्यावधिक नक्सा

१३ जेठ, काठमाडौँ । सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) परिवर्तन गरिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको नक्सासहितको लोगो परिवर्तन गरिएको हो । सङ्घीय संसद्का दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको केही दिनअघिको बैठकले सङ्घीय संसद्को लोगो र सांसदले प्रयोग गर्ने लोगोमा नेपालको अद्यावधिक नक्सा राख्ने निर्णय गरेको थियो ।

सरकारले यही जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्सा सार्वजनिक भएसँगै सरकारले संविधानको अनूसूची–३ मा रहेको नेपालको निसान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरिसकेको छ ।

प्रकाशित मिति : May 26, 2020 at 1:44 pm