मलामी गएका नेतामाथि घाटमै आक्रमण गर्ने युवा संघका नेता निष्कासित
१२ जेठ, काठमाडाैँ । मलामी गएका नेकपाका नेतामाथि घाटमै कुटपिट गर्ने युवा संघका नेता कारबाहीमा परेका छन । राष्ट्रिय युवा संघ नेपालले जाजरकोटका संयोजक दिपेन्द्र शाहीलाई संगठनबाट निश्काशन गरेको छ । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीमाथि आक्रमण गरेको बिषयमा निलम्बन गरी छानविन समिति बनाएको युवा संघले शाही नसच्चिएको ठहरसहित आजबाट साधरण सदस्यसमेत नरहने गरी निश्काशन गरेको संगठनको केन्द्रीय सहसंयोजक रमेश पाैडेलले जानकारी दिए । निष्कासन गरेसँगै युवासंघले संयोजक रामप्रसाद सापकोटा, दिपशिखा र सहसंयोजक रमेश पौडेलले संयुक्त रूपमा विज्ञप्ति समेत जारी गरेका छन ।

प्रकाशित मिति : May 25, 2020 at 8:38 pm





