टोखामा भेटिएका कोरोना संक्रमित किराना पसले रहेकाे पुष्टि
१० जेठ, काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा भेटिएका कोरोना संक्रमित किराना पसले रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये २ जना टोखाका हुन् ।

टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये एकजना किराना पसले रहेका छन् । संक्रमित ‘दुबैलाई अस्पताल पठाउने तयारी भइरहेको छ ।’
प्रकाशित मिति : May 25, 2020 at 11:59 am





