एम्बुलेन्स नपाएपछि नुवाकाेटकाे ककनीका काेराेना संक्रमित माेटरसाइकलमै काठमाडौँ आए
-प्रतिमा ढुंगाना
११ जेठ, काठमाडाैँ । नुवाकोटको ककनी गाउँपालिकाका कोरोना संक्रमित व्यक्ति नजिक एम्बुलेन्स र सुरक्षित साधान नपाएपछि मोटरसाइकल चढेर काठमाडौँ आएका छन् । आइतबार कोरोना संक्रमण पुष्टि भएका ककनी गाउँपालिकाका ३९ वर्षिय पुरूषलाई काठमाडौँ ल्याउनका लागि नजिकै सुरक्षित सवारी साधन नभएको र काठमाडौँबाट एम्बुलेन्स पनि नगएकाले उनि आफैँ मोटरसाइकल चलाएर काठमाडौँ हिँडेका वडा नम्बर ३ का वडाअध्यक्ष विष्णु बजगाईले दैनिकीलाई जानकारी दिनुभयो ।
वडाअध्यक्ष बजगाईका अनुसार संक्रमित पुरूष अहिले काठमाडौँ पुगिसकेका छन् । अस्पताल जान तयार भएर बसे पनि एम्बुलेन्स नआएपछि उनी आफैं मोटरसाइकल चलाएर टेकु अस्पताल गएका हुन् । संक्रमित व्यक्ति विगत २ महिनादेखि गाउँमै रहेकाे र केहिदिनअघि काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएकाे वडा अध्यक्ष बजगाईले जानकारी दिनुभयो ।
याे पनि पढ्नुहाेस्ः
प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार १९:०४