७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

बाँकेको नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन गर्ने निर्णय

११ जेठ, काठमाडौँ । बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।


नरैनापुरमा ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेपछि गाउँपालिकाले शनिबार मात्र सेना परिचालन गर्न माग गरेको थियो ।

प्रकाशित मिति : May 24, 2020 at 5:03 pm