७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काठमाडाैँ र नुवाकाेटसहित थप १९ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ६०३ पुग्याे

११ जेठ, काठमाडाैँ । नेपालमा थप १९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । काठमाडाैँकाे साेह्रखुट्टेमा १ जना, नुवाकाेटकाे ककनीमा १ जना सहित १९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

यस्तै मोरङका १, बाराका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रूपन्देहीका ६, कपिलवस्तुका ३, गुल्मीका १ जना संक्रमित थपिएका हुन्। यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको हो।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्। याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६०३ पुगेकाे छ । जसमध्ये ८७ जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : May 24, 2020 at 4:28 pm