प्रादेशिक अस्पताल जनकपुरकाे झ्याल तोडेर भागे एक कोरोना संक्रमित
११ जेठ, जनकपुर । प्रादेशिक अस्पताल जनकपुरबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन् । सोमबार बिहान आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको प्रहरीले जनाएकाे छ।

सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको मानसिक सन्तुलन गुमेको र पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए । उनी झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । उनको हाल खोजी भइरहेको छ । अहिले विशेष कोभिड अस्पतालको आईसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी उपचाररत छन् ।
प्रकाशित मिति : May 24, 2020 at 11:42 am





