७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

९ जेठ, काठमाडौँ । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । जसमध्ये सर्लाहीका मात्रै १५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन्। चितवनको भरतपुर महानगरपालिका-६ का ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला कोरोनाको संक्रमण पुष्टि भएको छ।

बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो। योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृत्यु भएको छ। आजै बाँकेका पहिलो कोरोना संक्रमितसँगै २९ जना निको भएका छन्।

प्रकाशित मिति : May 22, 2020 at 9:29 am