६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

कोरोना संक्रमित गुल्मीका शिक्षकको मृत्यु, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

८ जेठ, रूपन्देही । कोरोना संक्रमण भएका गुल्मीका एक शिक्षकको मृत्यु भएको छ । बिहीबार बिहान ७ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिममन अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको उनको मृत्यु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले पुष्टि गरेका छन । उनी गुल्मीको मदाने ६ का हुन । शिक्षण पेशमा रहेका उनी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय थिए ।

जण्डिस बिग्रिए पछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बनेको थियो । उनी उपचारका लागि अर्घाखाँचीको स्थानीय मेडिकल हुँदै क्रिममन अस्पतालसम्म पुगेका थिए । मृतक शिक्षकमा जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले मृत्युको जानकारी परिवारलाइ गराइसकेको छ । अब उनको कोरोना संक्रमितको शव व्यवस्थापन कार्यबिधि अनुसार अन्त्यष्टि गरिनेछ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रकाशित मिति : May 21, 2020 at 9:28 am