थप १७ जनामा कोरोना भाइरस पोजेटिभ, संक्रमितको संख्या ४४४ पुग्यो
८ वैशाख, काठमाडाैँ । थप १७ जनामा कोरोना भाइरस पोजेटिभ पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय ४४ पुगेको जानकारी दिएका छन । सहप्रवक्ता अधिकारीका अनुसार बिहीबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य अस्पतालमा गरिएको परीक्षणबाट धनकुटाका ३४ वार्यीय एक जना पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला, झापा जिल्लाको कचनकवल गाउँपालिका निवासी १८ देखि ४६ वर्षका १५ जना पुरुषमा रहेका छन । उनीहरूको स्वास्थय अवस्था समान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : May 21, 2020 at 8:26 am





