थप २५ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४२७ पुग्याे
७ जेठ, काठमाडाैँ । नेपालमा थप २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ देखि ४८ वर्षका २५ जनामा काेराेना संक्रमण पुष्टि गरेकाे छ । थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्। बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ। आजै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना कोरोना संक्रमित डिस्चार्ड भएका छन्। याेसँगै ४५ जना निकाे भएर घर फर्किएका छन् ।
प्रकाशित मिति : May 20, 2020 at 4:32 pm





