६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

प्रेस कार्ड बोकेर चोरी गर्दै हिँडेका २ जना काठमाडौँबाट पक्राउ

७ जेठ, काठमाडाैँ । प्रेस कार्ड बोकेर चोरी गर्दै हिँडेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा धुम्बाराही बस्ने सुनसरी ईटहरीका २१ वर्षिय आश्रय रिजाल हिमाल हम्मे भन्ने हिमाल रसाईली र ओमबहाल बस्ने बारा बड्की फुलबारी गाँउपालिकाका २८ वर्षिय अलि आलम मिया रहेका छन् । उनिहरुबाट प्रहरीले एक टेलिभिजनको प्रेस कार्ड समेत बरामद गरेको छ ।

महानगरीय अपराध महाशाखा तथा महानगरिय प्रहरी बृत्त गौशालाको सयुक्त टोलीले ३ गते काठमाडौँकाे सिनामंगल स्थित ‘अफटर फिप्टिवान व्बाइ होस्टल’ बाट बिभिन्न समयमा ४ थान ल्यापटप तथा गत चैत २४ गते दिउँसोको समयमा चावहिल भत्केको पुल स्थित डा. सुबिन मानन्धरको एप्पल ल्याबटप र आइप्याड चोरी कार्यमा संलग्न उनिहरुलाई पक्राउ गरेको छ ।

उनिहरुलाई मंगलबार चाबहिल भत्केको पुल बाट पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले उनिहरूकाे साथबाट ल्यापटप १, आइप्याड २ थान, बिभिन्न ब्राण्डका ६ वटा मोवाईल, धारिलो हतियार ३ थान, प्रोजेक्टर थान २, क्यामेरा वटा, मोटरसाइकल र एपीवान टेलिभिजनको प्रेस कार्ड बरामद गरेको छ ।

प्रकाशित मिति : May 20, 2020 at 2:15 pm