एपिवान टेलिभिजनको नक्कली प्रेसकार्ड भिरेर चोरीमा लागेका दुई युवा पक्राउ
७ जेठ, काठमाडाैँ । एपिवान टेलिभिजनको नक्कली प्रेसकार्ड भिरेर चोरीमा लागेका दुई युवा पक्राउ परेका छन । महानगरीय प्रहरी अपराध महाशाखाका एसपी इश्वर कार्कीले दैनिकीसँग कुरा गर्दै लकडाउनको समयमानक्कली प्रेसकार्ड भिरेर चोरीमा लागेका दुई युवा पक्राउ परेको जानकारी दिनुभयो । उहाँले आश्रय रिजाल भन्ने मिहाल रसाईली र अलि आलम मियालाई प्रहरीलाई प्रहरीले पक्राउ परेको बताउनुभयाे ।

उनीहरुबाट चोरीएको ल्यापटक र उनीहरुको मोटरसाइकल समेत बरामद गरेको छ । धारिलो हतियार समेत बोकेर उनीहरु हिडेका थिए ।उनीहरुले ३ जेठमा सिनामंगलस्थित होस्टलमा ल्यापटप, आइप्याड चोरी गरेका हुन् । सिसिटिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरी उनीहरुलाई मंगलबार गौशलाबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति : May 20, 2020 at 2:32 pm





