प्रधानमन्त्री ओलीद्धारा छाउनीस्थित क्राइसिस म्यानेजमेन्ट सेन्टरकाे अवलाेकन
७ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) मा पुगेर कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिनुभएकाे छ ।

छाउनीस्थित सेन्टरको कार्यालयमा पुगेर ओलीले अपरेशनका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंसहित नेपाली सेनाका वरिष्ठ सैन्य अधिकृतबाट ब्रिफिङ लिनुभएकाे छ ।

कोभिड १९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सीसीएमसी अप्सको स्थापना गरिएको थियो । अप्सले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङदेखि औषधि खरिदसम्मका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : May 20, 2020 at 1:42 pm




