२ जना प्रहरीमा कोरोना पुष्टि भएपछि महानगरीय प्रहरी वृत्त कालीमाटी शिल
७ जेठ, काठमाडाैँ । २ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि महानगरीय प्रहरी वृत्त कालीमाटी शिल गरिएको छ। मंगलबार वृत्तका दुई प्रहरीमा संक्रमण पुष्टि भएपछि वृत्तलाई शिल गरिएको हाे ।

वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेको र आज सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको छ । कोरोना संक्रमण पुष्टी भएका २ पनि प्रहरी ब्यारेकमै बस्ने गरेका थिए ।
वृत्त पूरै सिल गरिएपछि अहिले कालीमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौँ परिसरले लिएको छ । ती स्थानहरुमा प्रहरी खटाउने र सुरक्षाको व्यवस्थापन गर्ने जिम्मा काठमाडौँ परिसरले गर्न लागेको छ ।
प्रकाशित मिति : May 20, 2020 at 12:04 pm





