६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कोरोना परीक्षणको मूल्य तोकेको छैन, भ्रमको पछि नलागाैँ

७ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणमा लाग्ने कुनै पनि शुल्क नोतेको जनाएको छ । मन्त्रालयले शुल्क तिरेर कोरोना परीक्षण गर्न मिल्ने सैद्धान्तिक व्यवस्था गरेको भएपनि मूल्य भने नतोकिएको सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । केही सञ्चार माध्यमले कोरोना परीक्षणको शुल्क १५ हजार भन्दै भ्रम सिर्जना गराएपछि मन्त्रालयले शुल्कको विषयमा कुनै पनि निर्णय नभएको जानकारी दिएको हो ।

मन्त्रालयले हिजोमात्रै कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे निर्देशिका बनाएको थियो । कोरोना परीक्षण गर्नुपर्नेहरुको सरकारले नै नि:शुल्क परीक्षण गर्दै आएको छ । तर सरकारी निर्देशिकाको मापदण्डबाहिरका व्यक्तिले पनि कोरोना परीक्षण गर्न चाहेमा शुल्क तिरेर परीक्षण गराउन सक्ने जनाएको छ ।

प्रकाशित मिति : May 20, 2020 at 9:37 am